ललितपुर — ललितपुर महानगरपालिकाले सांस्कृतिक उत्सव आयोजना गरेको छ। नेवारी संस्कृति, परम्परा र कला जगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको हो।
स्थानीय बासिन्दा र विदेशी पर्यटकको उपस्थिति उल्लेखनीय थियो।
पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचान संरक्षणका लागि महानगरले यस्तो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।