काठमाडौं — काठमाडौँ उपत्यकाको वायु प्रदूषण पुनः उच्च विन्दुमा पुगेको छ। धुलो, धुवाँ र निर्माण सामग्रीका कारण वायुमा पीएम २.५ को मात्रा अत्यधिक बढेको छ। वातावरण विभागका अनुसार काठमाडौँ हाल ‘अस्वस्थ’ श्रेणीमा रहेको छ।
वातावरणविद्हरूले स्वास्थ्यमा असर पर्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। दम, स्वासप्रश्वासका समस्या, आँखाको समस्या र छालामा असर पर्ने देखिएको छ। वृद्ध, बालबालिका र गर्भवती महिलाहरू विशेष जोखिममा छन्। मास्कको प्रयोग, घरबाहिर ननिस्कने र हरियाली विस्तार गर्न विज्ञहरू सुझाउँछन्।
सरकारले प्रदूषण घटाउन काम गरिरहेको बताएको छ। सडकमा पानी छर्ने, हरियाली बढाउने र निर्माण कार्यमा नियन्त्रण गर्ने भनिएको छ। तर नागरिकस्तरमा यसको प्रभाव न्यून देखिएको छ। काठमाडौँमा हरेक वर्ष प्रदूषण संकट गहिरिंदै गएको छ।