०३ चैत २०८२

सरकारद्वारा नयाँ श्रम नीति सार्वजनिक

चर्चित गायक समिर आचार्यको नयाँ गीत पुछ पसिना भिडियो सहित सार्वजनिक भएको छ । लोकप्रिय कलाकार द्वय पल शाह र करिस्मा श्रेष्ठको कलात्मक अभिनय र बेजोड नृत्य सहित गायक समिरले आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् । गायक समिर स्वयंको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायिका मेलिना राईले युगल आवाज भरेकी छन् । मौलिक शब्दमा लोक फ्लेवर सहित निर्माण भएको यस गीत डान्सिङ्ग बिटमा रहेको छ । सौरभ लामाको छायाँकनमा निर्माण भएको पुछ पसिना गीतको भिडियोमा रामजी लामिछानेको निर्देशन तथा बन्दे प्रसादको सम्पादन रहेको छ । मेरो दुनियाँ बेग्लै छ, पिचरोड, घाममा सुकाईदेउ, मुटु झोलामा लगायतका दजनौं हिट गीतका गायक समिर करोड कल्ब गायकका रुपमा पनि चिनिन्छन् । सार्वजनिक भएको छोटो समयमा नै चर्चाको शिर्ष स्थानमा रहँदै आएका गीतहरुमा चर्चित कलाकर्मीको सहकार्य देखिन्छ । यस अघि पनि गायक समिर र नायक पल शाहको सहकार्य रहेको घाँघरा गीत सर्वाधिक चर्चामा रहेको थियो ।

Loading spinner

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

अरु खबर

ताजा खबर