दोलखा — दोलखाका किसानहरूले रासायनिक मलको प्रयोग घटाउँदै जैविक तरकारी खेतीमा ध्यान दिन थालेका छन्।
स्वस्थकर जीवनशैली र बजारमा बढ्दो जैविक उत्पादनको मागका कारण किसानहरू प्रोत्साहित भएका हुन्।
स्थानीय तह र कृषि शाखाले प्रविधि तथा तालिमको व्यवस्थापन गरिरहेको छ।